कर्मचारीले बैंकभित्रै विष खाएर आत्महत्या

काठमाडौं । सनराइन बैंकको विराटनगर शाखाका कार्यरत एक कर्मचारीले विष खाएर आत्महत्या गरेकी छन् । मुसा मार्ने विष खाएर विराटनगर–८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाको प्रकृति हेर्दा विषय खाएको देखिएको बताए। हातमा चोट लागेर रगत बगेको देखिएको खड्काले जानकारी दिए। बैंकको सीसी टीभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको उनले बताए।

मृतक बैंकको कर्जा शाखामा कार्यरत रहेको बुझिएको छ। उनलाई बेहोस अवस्थामै कर्मचारीले नोबेल अस्पताल लगेका थिए। अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको खड्काले जानकारी दिए।

२०७७ साउन २१ गते १७:३९ मा प्रकाशित

You can share this post!

आजै रातिदेखि लागू हुने फेरि लकडाउनको घोषणा !

आजै रातिदेखि लागू हुने फेरि लकडाउनको घोषणा !

Related posts