back
NMB ad

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा पाइन्छ ? अब यसरी हेर्न सकिने

Kumari bank ad

काठमाडौ । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट पाइने फाइदा हेर्नको लागि ‘लोन बेनिफिट क्यालकुलेर’को व्यवस्था गरेको छ । बैंकका अनुसार देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक यो व्यवस्था कार्यान्वयनमा ल्याईएको हो ।

सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेर’ बाट हेर्न सकिने व्यवस्था गरेको छ ।

सेवाग्राहीले यस बैंकको वेबसाइट मा गएर ‘लोन बेनिफिट क्यालकुलेर’ मा गई वर्तमान अवस्थामा आफुले उपभोग गर्दै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्नेछन् ।

सो ‘लोन बेनिफिट क्यालकुलेर’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नेछन् । साथै, आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिने बैंकले जनाएको छ ।

बैंकको वेबसाइटमार्फत सेवाग्राही आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । यसमा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ ।

सेवाग्राहीले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकले यस बैंकको वेबसाइटमा गई लोन स्ट्याटस समेत आफै ट्रयाक गर्न सक्नेछन् ।

बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ल्याएको छ । उक्त कर्जामा वार्षिक ८.२५ प्रतिशत व्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कको सुविधा रहेको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार १७:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...