back
NMB ad

अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय

Kumari bank ad

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रमण देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ ।

बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति, इलाकाप्रहरी कार्यालय, सशस्त्र प्रहरीका बिओपी प्रमुख, बजारका प्रतिनिधि, नागरिक समाज र सबै वडाका अध्यक्षहरूको बैठकले बिहीबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

क्वारेन्टिनमा बसेकासँगै स्वास्थ्यकर्मी, भान्से र चौकीदारमा पनि संक्रमण देखिँदाउनीहरूको सम्पर्कमा धेरै मान्छे आएको पाइएपछि बिहीबारदेखि अनिश्चितकालसम्मका लागि लकडाउन गर्ने  निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

लकडाउन अवधिमा बजार, वित्तीय संस्था बन्द हुने तथा भेला र भीडभाड गर्न नपाइने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता कुरा पालना गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

लकडाउनको पालना भए नभएको निगरानी स्थानीय प्रहरी प्रशासनले गर्ने तथा सुरक्षा सतर्कता अपनाएर लकडाउनमा सरकारी कार्यालय भने संचालन गरिने छ । यो गाउँपालिकामा संक्रमतिको संख्या ४८ जना रहेको छ । त्यसमध्ये ४१ जना निको भएका छन् भने ७ जना सक्रिय संक्रमित छन् ।

वि.सं.२०७७ साउन २२ बिहीवार ०८:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...