back
NMB ad

आजदेखि पूर्णरुपमा लकडाउन : पसल र व्यवसायहरु बन्द !

Kumari bank ad

एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि पूर्णरुपमा लकडाउन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएसँगै भिक्टोरिया राज्यले मेलबर्न सहरमा लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि सुरु भएको लकडाउन ६ सातासम्म रहनेछ । बिहीबारदेखि मेलबर्नका अधिकांश पसल र व्यवसायहरु बन्द रहनेछन् । कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिन नदिन लकडाउनमा कडाइ गरिएको भिक्टोरियाको सरकारले बताएको छ ।

बिहीबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भिक्टोरिया राज्यको राजधानीमा ४७१ नयाँ संक्रमित फेला परेका छन् । साथै सो अवधिमा आठ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अस्ट्रेलियामा कोरोना भाइरसका २० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने २५५ जनाको मृत्यु भइसकेको छ । भिक्टोरियामा मात्र कोरोना भाइरसका १३ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

यसअघि पनि केही खुकुलो लकडाउनको सामना गरेका मेलबर्नका बासिन्दाहरुलाई भिक्टोरियाका प्रिमियर डेनिअल एन्ड्र्युजले शान्त रहन र खाद्यान्न अभावको डरमा महिनौंलाई पुग्ने खाद्यान्न नकिन्न सुझाव दिएका छन् । स्रोत: रोयटर्स

वि.सं.२०७७ साउन २२ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...