back
NMB ad

कोरोनाको जोखिममा कर्मचारी, हाजिर गर्दै घर फर्कदै !

Kumari bank ad

काठमाडौं । मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनिक कामकाज प्रभावित हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारीमा धमाधम कोरोना पोजेटिभ देखिन थालेपछि मन्त्रालयको सम्पूर्ण काम अवरुद्ध हुने क्रम व्यापक बन्दै गएको आजको नेपाल समाचार पत्रले खबर छापेको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अख्तियारको सम्पूर्ण कामकाज प्रभावित रह्यो ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

काठमाडौं उपत्यका संक्रमितको संख्या बढ्दै गएपछि सेवाग्राही भीडभाड हुने यातायात कार्यालय, मालपोत कार्यालय, स्थानीय तह र वडा कार्यालयलगायतका कर्मचारीले असुरक्षित महसुस गर्ने गरेकाले सेवाप्रवाह प्रभावित बन्दै गएको छ ।

लकडाउन खुकुलो बनाएसँगै कोरोना महामारी नै बिर्सिने गरी यातायात कार्यालयमा मानिसको भीडभाड बढ्न थालेपछि अहिले लाइसेन्स दिने कार्य नै बन्द गरिएको छ ।

त्यसै गरी लकाडाउन खुकुलो बनाएदेखि अत्यधिक भीडभाड रहेको मालपोत कार्यालयका कर्मचारीले असुरक्षित महसुस गर्दै आएका छन् । अधिकांश कर्मचारी कोरोना जोखिम भन्दै हाजिर गरेर घर फर्किने गरेको पाइएको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार ०७:५३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...