घट्याे कुखुराको मासुको मूल्य, अब प्रतिकेजी कति ?

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएपछि मासुको मूल्य घट्न थालेको छ । लकडाउनका कारण आपूर्ति नहुँदा महँगो भएको मासु लकडाउन खुलेपछि आपूर्ति सहज भएसँगै मूल्य घट्न थालेको हो ।

शुक्रबारदेखि लागू हुने गरी कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघले जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । संघका अनुसार कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोेकिएको छ ।

लकडाउनका कारण आपूर्ति नहुँदा कुखुराको मासुको मूल्य ४ सयको हाराहारीमा पुगेको थियो । साउन दोस्रो सातादेखि बजारमा कुखुराको आपूर्ति पनि बढेको छ । आपूर्ति बढेसँगै मासुको मूल्य घटेको छ । संघका अनुसार जिउदोको मूल्य प्रतिवटा ३० रुपैयाँले घटेको छ ।

२०७७ साउन २३ गते १७:२४ मा प्रकाशित

You can share this post!

खुल्यो जागिर : क्लासिक टेकले माग्यो विभिन्न पदमा १६६ जना कर्मचारी, आवेदन कहिले र कसरी दिने ?

खुल्यो जागिर : क्लासिक टेकले माग्यो विभिन्न पदमा १६६ जना कर्मचारी, आवेदन कहिले र कसरी दिने ?

Related posts