back
NMB ad

अन्ततः आजैरातिदेखि लागू हुनेगरि लकडाउन गर्ने निर्णय ! निर्धारण भयो पसल खोल्ने समय

Kumari bank ad

जनकपुरधाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहान नगरपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालका अनुसार शुक्रबार राति १२ बजेदेखि आगामी साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय भएको हो ।

यो अवधीमा अति आवश्यक पसल खोल्ने समय निर्धारण गरिएको छ । बिहान ८ देखि ११ बजेसम्म आवश्यक पसल खोल्ने र अन्य पसलहरु बन्द गर्ने निर्णय भएको भुसालले बताए ।

नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अति आवश्यकबाहेकका सवारी साधन चल्न नदिइने, सबै किसिमका हाट बजार बन्द गर्ने, चिया पसलदेखि कोरोना रोकथामसँग सम्बन्धित काम भएकाबाहेकका सबै होटल र रेष्टुरेन्टसमेत बन्द गर्ने निर्णय भएको उनले बताए ।

पछिल्लो पटक लाहान नगरपालिकाभित्र २६ जना कोरोना संक्रमित पाइएपछि यसको रोकथामका लागि लकडाउन लगाउने निर्णय भएको उनले बताए । यसअघि सिरहाको मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन लगाउने निर्णय गरिसकेको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १९:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...