back
NMB ad

चर्को विद्युत् महसुलको मारमा उद्योगी

Kumari bank ad

काठमाडौं । बुटवल–भैरहवा औद्योगिक करिडोरअन्तर्गत रहेको पञ्चकन्या स्टिल र प्लास्टिक उद्योगले स्थापनादेखि नै विद्युत् प्राधिकरणलाई नियमित शुल्क तिर्दै आएको छ ।

दुई उद्योगको गरेर मासिक झन्डै ३० लाख विद्युत् महसुल तिर्ने यो उद्योगको अहिले प्राधिकरणमा ११ करोड बक्यौता देखिएको छ । प्राधिकरणले माग नगरेकै ट्रंक लाइनको भार दुई वर्षपछि आएर थोपरेपछि नियमित महसुल बुझाउँदै आएका उद्योगी तनावमा छन् ।

प्राधिकरणले बक्यौता नबुझाएको भन्दै उद्योगीले बुझाउने गरेको नियमित बिलको रकम बक्यौताको ब्याजमा कटौती गर्ने गरेको छ । त्यसले उद्योगी थप मारमा परेका छन् ।

अहिलेसम्म ट्रंक लाइन माग नगरेको पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र श्रेष्ठले बताए । बरु उनले ०७४ सालमै लाइन परिवर्तनको हल्ला सुनेपछि नराख्न आग्रह गर्दै प्राधिकरणदेखि उद्योग वाणिज्य संघ र महासंघसम्म नै हारगुहार गरे । तर, सुनुवाइ भएन ।

उल्टै अहिले त्यतिबेलादेखिकै विद्युत् प्रयोग गरेबापतको बक्यौता रकम भन्दै प्राधिकरणले ‘छुट बिल’ पठाएको छ । त्यसले अहिले करिडोर क्षेत्रका २२ उद्योग चर्को महसुलको समस्या र अन्योलमा छन् ।

‘हामीलाई न ट्रंक लाइन जोडेको जानकारी छ, न हामीले बिल नतिरेको कुनै महिना नै छ,’ उनले भने, ‘तर, अहिले आएर ट्रंक लाइनबापतको बक्यौता भन्दै करोडौंको बिल आउन थालेको छ ।’ जुन रकम उद्योगीले तिर्न सक्ने अवस्था नरहेको उनले बताए ।

३३ केभीएको प्रसारण लाइनमा विद्युत् जडान गरेर उद्योग सञ्चालन गर्दै आएका करिडोरका २२ उद्योगले आफूहरू कसरी ट्रंक लाइनमा परियो भन्ने जानकारी अहिलेसम्म पाएका छैनन् । त्यसको कुनै जानकारी प्राधिकरणले उद्योगलाई दिएको छैन । ट्रंक लाइन प्रयोगबापतको ‘छुट बिल’ भन्दै बिल रकम मात्र पठाउने गरेको उद्योगीको गुनासो छ ।

बुटवलको योगीकुटी सब स्टेसनबाट अमुवा, भरौलिया, धकधई, लुम्बिनीसहित विद्युत्का ६ प्रसारण लाइन भैरहवा वितरण केन्द्रसम्म पुगेका छन् । अधिकांश उद्योग तिनै लाइनबाट चल्छन् ।

०७४ चैतमा करिडोरकै एक उद्योगलाई लाइन दिन प्राधिकरणको भैरहवा वितरण केन्द्रले ट्रंक लाइन जोडेको थियो । एक उद्योगमा मात्र ट्रंक लाइन उपलब्ध गराउँदा विवाद बढ्ने त्रासले मागबिना नै अन्य उद्योगलाई पनि ट्रंक लाइन जडान गरिएको हो । तर जडान गरेको १९ महिनापछि प्राधिकरणले सबै उद्योगलाई चर्को महसुलको बिल दिएको कान्तिपुर दैनिकमा घनश्याम गौतमले खबर लेखेका छन् ।

वि.सं.२०७७ साउन २५ आइतवार ०८:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...