घट्यो अपार्टमेन्टको कारोबार

काठमाडौं । पछिल्लो समय अपार्टमेन्टहरूको कारोबार घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ को तथ्यांकअनुसार अपार्टमेन्टहरूको कारोबार घटेको पाइएको हो ।

आव ०७४/७५ मा ७ सय ७२ वटा अपार्टमेन्टको कारोबार भएको थियो । आव ०७५/७६ मा २ सय ३८ ले घटेर ५ सय ३४ वटा अपार्टमेन्टको मात्र कारोबार भयो । आव ०७६/७७ मा ५ सय ५० अपार्टमेन्टहरूको कारोबार भएको विभागको तथ्यांक छ । यो संख्या आव ०७५/७६ भन्दा १६ ले बढी भए पनि आव ०७४/७५ को तुलनामा २ सय २२ वटाले कम हो ।

नयाँ बन्न नसकेको र पुरानो स्टकका अपार्टमेन्ट ९८ प्रतिशत बिक्री भइसकेकाले कारोबार घटेको देखिएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले बताए । कान्तिपुर दैनिकमा नुमा थाम्सुहाङले खबर लेखेकी छन् ।

२०७७ साउन २५ गते ०८:२५ मा प्रकाशित

You can share this post!

चर्को विद्युत् महसुलको मारमा उद्योगी

चर्को विद्युत् महसुलको मारमा उद्योगी

Related posts