back
NMB ad

साउन २९ गतेसम्म बैंकिङ सेवा बन्द गर्ने निर्णय !

Kumari bank ad

बर्दिया । बर्दियामा आजबाट पाँच दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा साउन २२ गते बसेको बैठकले साउन २५ गते आइतबार विहान ६ बजेदेखि साउन २९ गते बिहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार आज बिहानबाट निषेधाज्ञा लागु गरिएको हो। समुदायस्तरका केही व्यक्तिमा कोरोना संक्रमण भेटिएको र समुदायस्तरमा थप संक्रमित भेटिनसक्ने खतरा बढेको भन्दै फैलावट रोक्न निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताए ।

निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञा अवधिमा तरकारी तथा फलफूल पसलहरु बिहान ६ बजेदेखि ९ सजेसम्म सञ्चालन गरिने छ भने खाद्यान्न तथा किराना पसलहरु सञ्चालन गर्न पाइने छैन।

औषधि पसल, अस्पताल, इमर्जेन्सी, अति आवस्यक स्वास्थ्य र सुरक्षा सेवा भने चौबीसै घण्टा खुल्ला रहने जनाइएको छ ।  निषेधाज्ञाका क्रममा एटिएमबाहेक अन्य सबै सेवा बन्द गरिने भएको छ ।

’निषेधाज्ञा अवधिभर सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन्,’ प्रजिअ अधिकारीले भने, ’अत्यावश्यक परेमा एटिएम सेवा भने सुचारु रहनेछ।’ बर्दियामा बैंकका दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि सबै बैंक तथा वित्तीय संस्था बन्द गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका बैंकमा भीडभाड बढिरहेको थियो। यो क्रम बढ्दा संक्रमण फैलनसक्ने जोखिन बढ्ने भएकाले साउन २९ गतेसम्म बैंकिङ सेवाहरु समेत बन्द हुने प्रशासनले जनाएको छ । निषेधाज्ञाका समयमा नियमको उलंघन गरेको पाइएमा कडा रुपमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । थाहा खबरबाट ।

वि.सं.२०७७ साउन २५ आइतवार ०८:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...