काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव ६७ अंकले बढेको छ । १ हजार ३८३ दशमलव ९९ विन्दुबाट शुरु भएको नेप्से कारोबारको यस अवधिमा शून्य दशमलव १९ प्रतिशत बढेर १ हजार ३८४ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ५ समूहको परिसूचक घटेको छ । दुई घण्टाको अवधिमा १८० ओटा कम्पनीको रू. ५१ करोड ३१ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १३:१७ मा प्रकाशित