back
NMB ad

भोलिदेखि फेरि लकडाउन गर्ने बैठकको निर्णय

Kumari bank ad

सर्लाह । संक्रमित बढ्दै गएपछि सर्लाही जिल्लामा भोलिदेखि लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यायलले आइतबार सर्वपक्षीय छलफल गरी सोमबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

समुदाय स्तरमा कोरोना फैलिसकेको कुरालाई मध्यनजर गर्दै सर्वपक्षीय बैठकले स्थानीय प्रशासन ऐन,२०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनको पालना गराउन सबै स्थानीय तह, राजनैतिक दल, नागरिक समाज लगायत सबै पक्षलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाका भारतसँगका सबै सिमानाकामा कडाई गर्ने, भीडभाड हुन नदिने, क्वारेन्टिनमा बसेका कोरोना संदिग्धलाई पीसीआर चेक गराई मात्र घर जानदिने लगायतका निर्णय गरेको छ।

यस्तै कुनै संक्रमितको मृत्यु भएमा सोको शव व्यवस्थापन गर्ने स्थान, सवारीसाधान लगायत उपकरणको व्यवस्थापन सुरक्षा निकायसँग समन्वयमा मात्र गर्न पालिकाहरुलाई अनुरोध गरेको छ। सर्लाहीमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ८ सय १० पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ।

वि.सं.२०७७ साउन २५ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...