काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । आज ८ हजार ५१५ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुनेको संख्या १६ हजार ३५३ जना पुगेको छ । आज ४० जना निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ७५ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।
वि.सं.२०७७ साउन २५ आइतवार १६:२३ मा प्रकाशित