back
NMB ad

भदौ २ गतेसम्म कर्फ्यु लगाउने बैठकको निर्णय !

Kumari bank ad

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाभरी लगाएको निषेधाज्ञा भदौ २ गते सम्मका लागि बढाएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सप्तरी जिल्लाभर भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

यसअघि सप्तरी प्रशासनले साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा लागू गरेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि निषेधाज्ञाको समयावधी थपिएको हो ।

प्रशासनले चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरि आफ्नो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउन समेत अनुरोध गरेको छ ।पछिल्लो तथ्यांक अनुसार सप्तरीमा हालसम्म कोरोनाबाट कूल ५ सय ७१ जना संक्रमित भएका छन् । दुईजना संक्रमितको मृत्यु समेत भइसकेको छ ।

वि.सं.२०७७ साउन २५ आइतवार १८:०८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...