back
NMB ad

भोलिदेखि दुई साताको लागि यातायात बन्द गर्ने निर्णय !

Kumari bank ad

चितवन । विशेष गरी दाहासंस्कार र दर्शन गर्ने मलामी र दर्शनार्थीको भीड बढ्दै गएपछि देवघाट क्षेत्रका दुई साताको लागि होटल तथा यातायात बन्द गरिएको छ ।

पछिल्लो समय दाहासंस्कारको लागि अनियन्त्रित संख्यामा मलामी आएको र देवघाट दर्शनको लागि भक्तजनको भीड बढ्दै गएको भन्दै आजबाट भाद्र ७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

देवघाट क्षेत्र बिकास समिति आज (आइतबार) एक बिज्ञप्ती जारी गरि चितवनमा कोरोना संक्रमण बढिरहेकोले अनियन्त्रित संख्यामा मलामी आउँदा देवघाटमा जोखिम बढेको बताएका्े छ । मलामीहरु अन्तिम संस्कारका लागि आउने र अनावश्यक घुमफिर गर्ने भएकोले जोखिम बढेको समितिको ठहर छ ।

यस्तै होटल व्यवसाय खुल्दा र त्यहाँ जम्मा हुने समुह, अनावश्यक हिडडुल गर्ने समुह, भक्तजनहरु र अन्य देशबाट आएर लुकिछिपी परिवारसँग बस्ने नागरिकहरुका कारण पनि संक्रमणको जोखिम बढेको विज्ञप्तीमा उल्लेख छ

सम्भावित जोखिमलाई मध्यनजर गर्दै समितिले ठुलो संख्यामा मलामी नआउन आग्रह गरेको छ । आज (आइतबार) बसेको सर्वपक्षीय बैठकले अधिकतम २० देखि २५ जनाको संख्यामा मात्र मलामी आउन आग्रह गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

यस्तै मलामीहरुलाई अनावश्यक घुमफिर नगर्न तथा स्नान गरी सिधै घर फर्किन पनि आग्रह गरिएको छ । सर्वपक्षीय बैठकले चितवन र तनहुँ तर्फका होटलहरु भाद्र ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा प्रदान गर्ने पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म निश्चित सुरक्षा मापदण्ड अपनाएर मात्र खोल्न, अनावश्यक रुपमा हिडडुल नगर्न, हिंड्नै परे अनिवार्य मास्क प्रयोग गर्न, भाद्र ७ गतेसम्म स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधनहरु देवघाट(आँपटारी(नारायणगढ आवत जावत बन्द गर्न निर्देशन दिएको हो । तर, अत्यावश्यक सवारी साधनको हकमा यो नियम लागु हुने छैन ।

वि.सं.२०७७ साउन २५ आइतवार २०:५४ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...