भदौ १० गतेदेखि पानीको मूल्य घट्ने, नयाँ मूल्य कति ?

काठमाडौं । भदौ १० गतेदेखि पानीको मूल्य घट्ने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनले बजारमा बिक्री हुने बोतल र जारको अधिकतम लागत हालको बजार भाउको तुलनामा कम देखिएकोले घटाउने तयारी गरेको हो ।

प्रतिबोतल (एक लिटर) को २० रुपैयाँ भन्दा बढी लिने गरेकोको विभागले अधिकतम मूल्य १६ रुपैयाँ मात्रै तोकेको छ। जार (२० लिटर)को अधिकतम मूल्य ५० हुने र सो भन्दा कममा बिक्री वितरण हुनपर्ने बताएको छ।

तर विशेष प्रकृतिको र विदेश निर्यातको लागि उत्पादन गरिएको पानीको मूल्य भने फरक पर्न सक्ने बताएको छ । विभाग अन्तर्गतको कार्यदले अध्ययन गर्दा सो अधिकतम मूल्य देखा परको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

२०७७ साउन २६ गते १८:५९ मा प्रकाशित

You can share this post!

सुरू भयो मन्त्रिपरिषद् बैठक

सुरू भयो मन्त्रिपरिषद् बैठक

Related posts