काठमाडौं । मंगलवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १ दशमलव ५१ अंकले घटेको छ । कारोेबार शुरु भएदेखि नै उतारचढावमा रहेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ११ प्रतिशत घटेर १ हजार ४२८ दशमलव ९० विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये निर्जीवन बीमा, अन्य, बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । दोस्रो घण्टाको अवधिमा १८४ ओटा कम्पनीको रू. ६० करोड ९१ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।
यस अवधिमा सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ भने अजोड इन्स्योरेन्सको शेयर मूल्य ८ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ ।
वि.सं.२०७७ साउन २७ मंगलवार १३:०४ मा प्रकाशित