back
NMB ad

बढ्यो साधारण शेयर बिक्री गर्ने क्रम

Kumari bank ad

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ ।

कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने निष्कर्षका साथ साधारण शेयर बिक्रीको क्रम अगाडि बढाइएको सम्बन्धित कम्पनीले जनाएका छन् ।

यसै क्रममा लमजुङमा आयोजनास्थल रहेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आज एक सार्वजनिक सूचनामार्फत आगामी भदौ ३ गतेदेखि साधारण शेयर बिक्री गर्न लागिएको जनाएको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम रु ३७ करोड ५० लाख बराबरको प्रतिशेयर बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता रु १०० अंकित मूल्यका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर आम सर्वसाधरणलाई बिक्री गर्न लागिएको सूचनामा उल्लेख छ ।

सो कम्पनीको शेयरमा प्रतिकित्ता रु १०० का दरका न्यूनतम १० कित्तार अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी भदौ ७ गतेसम्म हुनेछ भने ढिलोमा आगामी भदौ १७ गते हुने कम्पनीले जनाएको छ ।

कम्पनीले बिक्री गर्न लागेको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले आधारभूत अवस्था औसत रहेको जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको भन्ने हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कूल लागत रु चार अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ ।

कम्पनीले लमजुङमा कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत वर्ष आएको बाढीका कारण आयोजनाको केही भौतिक संरचनामा क्षति पुगेका कारण विद्युत् उत्पादन मिति एक वर्ष पर धकेलिएको हो । आयोजनाले केही समयभित्रै विद्युत् उत्पादन शुरु गर्ने जनाएको छ ।

सरकारले प्रवद्र्धक कम्पनीलाई ३० वर्षका लागि सो आयोजनको अनुमति दिएको छ । आयोजनामा उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको लगानी रहेको छ ।

दोर्दी करिडोरका निर्माण भइरहेका राम्रा आयोजनामध्ये माथिल्लो दोर्दी एक आयोजना पनि एक हो । दोर्दी करिडोरलाई हाइड्रो करिडोरका रुपमा पनि लिने गरिन्छ । उक्त करिडोरमा एक दर्जन साना ठूला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

वि.सं.२०७७ साउन २७ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...