काठमाडौंका ११० जनासहित उपत्यकामा थपिए यति धेरै संख्यामा कोरोनाका नयाँ संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि थप १३४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

नयाँ संक्रमितमा काठमाडौँका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका १० जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । आज देशभर ६३८ जना संक्रमित थपिएको छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २०१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

२०७७ साउन २७ गते १६:३० मा प्रकाशित

You can share this post!

थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

Related posts