back
NMB ad

हथौडाले हानेपछि एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएका थिए बोहरा !

Kumari bank ad

काठमाडौँ  ।  ‘म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल) लाई फोन गरे ।

त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई ‘म केही दिन आउदिनँ’ भन्दै निस्किए । उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्थे । नजिकै मदिरा सेवन गरेर उनी बा७२प ५६४४ नम्बरको स्कुटरमा पौडेलको कोठामा पुगे ।

त्यसअघि नै पौडेलले ‘दही पनि ल्याउनु है’ भनेकी रहिछन् । दही र ७ सय ५० एमएलको रुस्लान भोड्का पनि उनले साथमै लिएर गए । झोला पौडेलको कोठामा बिसाएर बोहरा केहीबेर बिस्तरामा पल्टिए । उनी आउनुअघि नै मासु पाकिसकेको थियो । पौडेलका छोराछोरीले मासुचिउरा खाए ।

उनीहरुले भोड्का पनि पिए । मदिराको नसामा बोहरा लठ्ठिँदै गए । नसा चढ्दै गएपछि बोहरा छोरीमाथि जाइलाग्न थाले । ‘ममी’ भनेर चिच्याए पनि उनले समाउन छोडेनन् । त्यहाँबाट छोरी कोठातिर गइन् ।

दुव्र्यवहार सहन नसकेपछि पौडेलले आफूले सेवन गर्ने ५ चक्की औषधि दहीमा घोलेर बोहरालाई खान दिइन् । प्रहरीलाई दिएको बयानमा उनले डिप्रेसनको बिरामी भएकाले दैनिक निद्रा लाग्ने औषधि खाने गरेको बताएकी छन् । केहीबेरमै बोहरा बसेकै ठाउँमा बेहोस भएर शौचालयतर्फ पल्टिए । त्यसपछि पौडेलमा क्रूर अपराधको योजना बन्यो ।

किला ठोक्ने हथौडा र खुकुरी (दाउ) ल्याइन् । लठ्ठिएर सुतेका बोहराको अण्डकोषमा पटक–पटक प्रहार गरिन् । हथौडाले हानेपछि उनले एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएको पौडेलले बयानमा भनेकी छन् । निद्रा लाग्ने औषधि र मदिरा सेवनका कारण उनी प्रतिकार गर्ने अवस्थामा थिएनन् ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार बोहराको अण्डकोष फुटेर छालामै मिसिने अवस्थामा पुग्यो । चिकित्सकको पोस्टमार्टम रिपोर्टमा यसलाई ‘ब्लन्ट फोर्स स्क्रोटम’ भनिएको छ । कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ साउन २८ बुधवार ०९:०७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...