back
NMB ad

अब कुनै पनि युवाले अधिकारका लागि रगत बगाउनुपर्ने छैन : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिवर्तनका संवाहक भएकाले युवाको समग्र विकास र नेतृत्व बिना समृद्धिको लक्ष्य पूरा गर्न गर्न नसकिने बताउनुभएको छ ।

अन्तराष्ट्रिय युवा दिवस, २०२० को अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले देश र समाजमा देखापरेका चुनौतीहरुको सामना गर्दै युगलाई नेतृत्व गर्ने साहस युवामै भएको बताउनुभएको हो ।

पौडेल शुभकामना दिँदै सामाजिक संजाल फेशबुकमा लेख्नुभएको छ, ‘यतिबेला हामी विश्वब्यापिरुपमा फैलिएको कोरोना महामारि संग संघर्षरत छौं । यस महामारि विरुद्धको अभियानमा विजय हासिल गर्न पनि युवाको पहलकदमि अति आवश्यक छ ।त्यसो त महामारिका कारण हजारौं युवाले रोजगारी गुमाएका छन् । धेरै युवाहरु जोखिममा परेका छन् । यिनै सन्दर्भहरुलाई मध्यनजर गर्दै यस वर्ष “विश्व अभियानका लागि युवा सहभागिता ः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता” भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस मनाईदै छ । यसर्थ युवा सशक्तिकरण, सिप तथा उद्यमशिलताको विकास गरी देश निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्नेतर्फ नै बागमति प्रदेश सरकारका कार्यक्रम लक्षित गरिएको छ । यसक्रममा युवा उद्यमिलाई प्रोत्साहन स्वरुप सहुलियतपुर्ण ऋण प्रदान गर्न ३ अर्बको कोष निर्माण गरिएको जानकारी गराउन चाहान्छु ।’

‘नेपाली युवाको बलिदानीको जगमा देश संघिय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा छ, पौडेलले भन्नुभएको छ । ‘सन्देशमा भनिएको छ, विगतमा जस्तो अब कुनै पनि युवाले अधिकारका लागि रगत बगाउनुपर्ने छैन । विकास र समृद्धिका लागि पसिना बगाउनुपर्ने छ । ब्यवस्था बदल्न सफल भएका छौं, अवस्था बदल्न संकल्प गनुपर्नेछ । यस वर्षको अन्तराष्ट्रिय युवा दिवसले आम युवाहरुलाई देश निर्माणका लागि थप उर्जा, आत्मविश्वास र प्रेरणा दिने विश्वास सहित पुनः सम्पुर्ण युवाहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’

वि.सं.२०७७ साउन २८ बुधवार १४:०४ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...