कोरोना कोषमा जम्मा हुने गरी नेपाल बैंकद्वारा तीन करोड ४६ लाख प्रदान

काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी तीन करोड ४६ लाख रुपैयाँ प्रदान गरेको छ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई रकम हस्तान्तर गर्नुभएको हो ।

हरेक वर्षको मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आए बमोजिक यस वर्ष कोरोना कोषका लागि रकम सहयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिक रकम हस्तान्तरण गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैंकले हालसम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघीय सरकारको कोषमा चार करोड ४६ लाख तथा सात प्रदेशको कोषमा पाँच लाखका दरले ३५ लाख रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

२०७७ साउन २८ गते १५:४२ मा प्रकाशित

You can share this post!

भदौ ३ गतेसम्मका लागि धादिङमा कर्फ्यु आदेश जारी

भदौ ३ गतेसम्मका लागि धादिङमा कर्फ्यु आदेश जारी

Related posts