back
NMB ad

फेरि लकडाउन : एक हप्ताका लागि पूर्ण बन्द गर्ने निर्णय !

Kumari bank ad

धादिङ । नीलकण्ठ नगरपालिका १४ छाप निवासी ती व्यवसायी बस चालेक समेत थिए । लकडाउन खुकुलो भएपछि उनी दैनिक जसो धादिङ काठमाडौं सिमाना खत्री पौवासम्म यात्रु ओसार्ने गरेका थिए ।

कमलपित्त लगायत रोगको उपचार गराइ रहेका उनलाई आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पताल काठमाडौंमा भर्ना भएका थिए ।

मंगलबार उनको कोरोनाका कारण अस्पतालमै मृत्युभएपछि सेनाको टोलीले शव व्यवस्थापन गरेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले बताए । बुधबार बिहान बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितीको बैठकले सदरमुकाम लकडाउन गर्ने निर्णय गरेको हो ।

एक हप्ताको अवधीमा धादिङ सदरमुकाममा ५ जना र जिल्लाका अन्य स्थानमा १० जनालाई कोरोना संक्रमण देखिएपछि जिल्ला सदरमुकाम एक हप्ताका लागि पूर्ण बन्द गर्ने निर्णय भएको भण्डारीले बताए ।

प्रमख जिल्ला अधिकारी अस्मान तामाङले भदौ ३ गतेसम्मका लागि अत्यावसकीय सेवा बाहेक सेवाग्राहीको भीड हुने अन्य सबै सार्वजनिक सेवाहरु बन्द गर्ने निर्णय गरिएको बताए ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा २५ जना कोरोना संक्रमित देखिएको छ । ती मध्ये जिल्लाको आइसोलेसनमा १२ जना मात्रै रहेका र अन्य १३ जना राजधानीतिरै उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत डा भुवन पौडेलले बताए ।

पृथ्वीराजमार्गको गल्छी बजारमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त बजार एक हप्तालाई सिल गरिएकोछ । आदमघाट बजारमा एक जनालाई संक्रमण देखा परेपछि गत हप्ता देखि बजार बन्द गरिएको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १७:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...