back
NMB ad

नबिल बैंकले कमायो ३ अर्ब ५६ करोड नाफा, यस्तो बैंकको वित्तिय अवस्था

Kumari bank ad

काठमाडौ । कोरना भाइरसको महामारीका बीच नबिल बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षमा कारोना महामारीका कारण नाफा १५.८५ प्रतिशत घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाशिक वित्तीय विवरणमा नाफा कम भएपनि नबिलले सेयरधनीलाई ३ अर्ब ४ करोड रुपैयाँ लाभांश बाँड्न सक्ने देखाएको छ ।

ब्याज, कमिशन र शुल्कबाट गरी नबिलले ९ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष नबिलले ९ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा बैंकले ७४ करोड ४५ लाख रुपैयाँ पुरानो ऋण असुल गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३२ पैसा छ । यस्तै निष्क्रिय कर्जा अनुपात ०.९७, निक्षेप लागत ५.४९, सीसीडी ६८, आधारदर ७.३२ र स्प्रेडदर ३.७३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नबिलको सञ्चित कोषको आकार बढेर १२ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १०:५६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...