back
NMB ad

अमेरिकी राष्ट्रपति चुनाव : तीन चौथाई मतदाताले हुलाकमार्फत मतदान गर्ने

Kumari bank ad

एजेन्सी । अमेरिकामा २०२० को राष्ट्रपति चुनावका लागि तीन चौथाइ मतदाताले हुलाक मार्फत भोट दिन सकिनेछ । हुलाक मार्फत मतदान गर्नेको करिब ८ करोड मतदाता रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । यो अमेरिकी इतिहासमा सबैभन्दा धरै र सन् २०१६ को तुलनामा दुई गुणा बढी हो ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण धेरैजसो राज्यमा हुलाकबाट मतदानको तयारी गरिएको हो । अमेरिकी राष्ट्रपतिको चुनाव अब १ सय भन्दा कम दिन बचेको छ ।

जुलाई १२ देखि अगस्ट १२ को बीच राष्ट्रपति चुनावलाई लिएर फरक फरक करिब ३२ सर्वेक्षणको नतिजा आएको छ । यी सबैमा डेमोक्र्याट जोय् बाइडेनलाई रिपब्लिपकन प्रत्यासी डोनाल्ड ट्रम्प विरुद्ध अग्रता प्राप्त भएको छ । यी मध्य आधा सर्वेक्षणमा दुई बीचको अन्तर ५ प्रतिशत भन्दा कम रहेको छ । राष्ट्रिय औषतमा बाइडेनलाई ५१ र ट्रम्पलाई मात्र ४१ प्रतिशत मत अर्थात बाइडेन भन्दा १० प्रतिशतले कम मत प्राप्त हुने सेर्वेक्षणले देखाएको छ ।

डेमोक्र्याट समर्थमा ९१ प्रतिशत बाइडेनको साथमा देखिएका छन् भने रिपब्लिकनमा ८७ प्रतिशत ट्रम्पका साथमा छन् । ट्रम्पले आफुलाई पछाडी परेको देखाएका सर्वेक्षणलाई फर्जी बताउँदै यस पटक पनि आफु जित्ने विश्वास ब्यक्त गरेका छन् ।

कमिसन अन प्रसिडेन्सियल डिबेटको कार्यक्रमण अनुसार अमेरिकामा नोभेम्बर ३ मा हुन गइरहेको राष्ट्रपति चुनावका लागि ट्रम्प र बाइडेनबीच एउटै मन्चमा बादविवाद हुने छ । उनीहरु बीच पहिलो बहस सेप्टेम्बर २९ मा ओहायोको क्लिवल्यान्डमा हुनेछ । दोस्रो बहस अक्टोबर १५ मा फ्लोरिडाको मियामीमा र तेस्रो अक्टोबर २२ मा टेनेसीमा हुनेछ । यी सबै बहस ९० मिनेटको हुने र यसलाई ह्वाइट हाउसको पुल नेटवर्क बिना कुनै विज्ञापन सिधा प्रसारण गरिनेछ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...