back
NMB ad

राष्ट्रव्यापी लकडाउन घोषणा : २१ दिनसम्म जारी रहने !

Kumari bank ad

थिम्पु । हिमाली मुलुक भुटानले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टाइन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो । -एपि

वि.सं.२०७७ साउन २९ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...