back
NMB ad

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ ।

दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु २० हजारसम्मको दुर्घटना तथा रु पाँच हजारसम्मको औषधोपचार बीमा गरिएको छ ।

बालबालिकाको भविष्यका लागि रकम जम्मा हुनाका साथै बचत गर्ने बानीको विकाससमेत हुने भएकाले उक्त योजना छोटो समयमै अत्यन्त लोकप्रिय भएको हुंँदा उक्त योजनाअन्तर्गत यही वर्षभित्रै रु दश हजार खाता खुल्ने प्रक्षेपण गरिएको नेपाल बैंक लिमिटेड, प्रदेश नं। ५ का प्रमुख पासाङदोर्जी शेर्पाले जानकारी दिए ।

सझौतमा बैंकका तर्फबाट बैंक प्रदेश नं ५ का प्रमुख शेर्पा तथा शिखर इन्स्योरेन्सका तर्फबाट बुटवलका शाखा प्रमुख किरण काफ्लेले हस्ताक्षर गरे ।

बैंकले ग्राहकको मागअनुसार हालै बजारमा ल्याएको बालबालिका बचत खातामा उच्च ब्याजदर, निःशुल्क एबिबिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सुविधा तथा बालबालिकालाई शैक्षिक उपाधि हासिल गर्ने क्रममा प्राथमिकतालगायत सुविधा छन् ।

खातामार्फत बालबालिकाको सुनौलो भविष्यका लागि बचत गरिने भएकाले उक्त खातामा जुनसुकै समयमा रकम जम्मा हुन सक्ने तर बालबालिका बालिग नहुंँदासम्म भने रकम निकाल्न नपाइने व्यवस्था छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १६:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...