नेपालमा फेरि थपिए ५ सय २५ जना कोरोनाका नयाँ संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिए ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९५ जनाको मृत्यु पुष्टि भएको छ ।

कुल पीसीआर परीक्षण संख्या ४ लाख ८२ हजार २८ पुगेको छ ।उनले पछिल्लो २४ घण्टामा ९ हजार ८५९ ओटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म संक्रमित मध्ये ६७ दशमलव ५ प्रतिशतलाई कोरोना निको भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । यसैगरी बिहीवार मात्रै थप १०९ जना डिस्चार्ज भएका छन् ।

२०७७ साउन २९ गते १६:२४ मा प्रकाशित

You can share this post!

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

Related posts