back
NMB ad

यस्तो छ राष्ट्र बैंकद्वारा भर्खरै जारी कडा निर्देशन !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० प्रतिशत मात्र कर्मचारी कार्यालयमा उपस्थित हुनेगरी आलोपालो प्रणाली लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न र कार्यालयमैं उपस्थित हुनुपर्ने अवस्थामा कुल मध्ये आधा कर्मचारीले मात्र काम गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । बाँकी कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र तथा सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम ब्यांकिङ सेवा प्रदान गर्न यस्तो निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कर्मचारीलाई आवश्यक परेमा आइसोलेसनमा राख्न र सो को सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । समुदायस्तरमा कोरोना फैलिएर महामारीको विशेष अवस्था आउनसक्ने सम्भावना हेर्दै केन्द्रीय बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँग अत्यावश्यकीय सेवा सुचारु राख्न विस्तृत कार्ययोजनासहितको विशेष अवस्थाको योजना पनि माग गरेको छ।

मन्त्रिपरिषद्को २६ साउनको बैठकले कोरोना भाइरस फैलिएका जिल्लामा रहेका सम्पूर्ण कार्यालयले आधा कर्मचारीले मात्र काम गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

 

वि.सं.२०७७ साउन २९ बिहीवार १९:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...