back
NMB ad

गृह मन्त्रालयले जारी गर्यो यस्तो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागी सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न अनुगमन टोली परिचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड र गृहले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न टोली परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

जोर विजोर प्रणाली, आवागमनको लागि तोकिएका सवारी साधनको अवस्था, भौतिक दुरीको पालना र मास्कको प्रयोगबारे अनुगमन गर्न टोली परिचालन गरिएको हो ।

त्यस्तो टोली काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुरमा ४–४ वटा परिचालन गरिएको छ । उपत्यका बाहेक अन्य जिल्लामा पनि अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाउन गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रहरीले मास्क प्रयोग नगर्ने २५ हजार २०७ जनालाई १ सय रुपैयाँको दरले जरिवाना गरेको छ । लकडाउनपछि मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजारलाई नियन्त्रणमा लिएर ३ लाख ५४ हजाराई संझाई बुझाई छाडिएको छ ।

मास्क नलगाई हिँड्ने ३९ हजारलाई मास्क वितरण गरेको बताइएको छ । अनुमतीबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार २१:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...