back
NMB ad

अनुकूूल समयमा विश्वविद्यालयको परीक्षा

Kumari bank ad

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ ।

विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।

त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिनुभयो ।

यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ ।

कोरोना भाइरसका कारण स्थगित परीक्षा तत्काल लिन नसकिने अवस्था देखिएपछि विकल्पका रूपमा केही समयपछि परीक्षा गर्ने गरी पठनपाठनको बाटो खोलिएको जानकारी डीन कार्यालयले दिएको छ ।

उपत्यका बाहिरका धेरै क्याम्पस पनि सेमेस्टर प्रणालीमा गएका कारण यसबाट धेरै विद्यार्थी लाभान्वित हुने र विश्वविद्यालयको शैक्षिक कार्यक्रमले पनि निरन्तरता पाउने जनाइएको छ । यसको जानकारी सम्बद्ध क्याम्पसलाई दिइएको र अब छिट्टै नै कक्षा सुरु हुने जनाइएको छ ।

यसअघि विश्वविद्यालयले कोरोना भाइरसको अवस्था सामान्य हुन सकेको अवस्थामा भदौ पहिलो साताबाट परीक्षा सुरु गर्ने र स्थगित परीक्षा दशैँअघि गर्ने निर्णय गरेको थियो । त्यसपछि नियमित परीक्षा सञ्चालन गर्ने योजना विश्वविद्यालयले बनाएको थियो तर त्यो निर्णय कार्यान्वयन हुन नसकेपछि विश्वविद्यालयले नयाँ बाटो खोलेको हो ।

अनलाइन कक्षालाई मान्यता

यसका साथै विश्वविद्यालयले हाल सञ्चालनमा ल्याएको अनलाइन कक्षाले समेत औपचारिक मान्यता पाउने भएको छ । अब अनलाइन कक्षालाई प्रभावकारी बनाइने डिन शर्माले बताउनुभयो । विश्वविद्यालयका विभिन्न क्याम्पसमा तथा केन्द्रीय विभागमा अनलाइन पठनपाठन चलाइए पनि यसको वैधानिकताको टुङ्गो लाग्न सकेको थिएन ।

राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले प्राज्ञिक परिषद्का निर्णयपछि अब स्नातक तथा स्नातकोत्तर तहका विभिन्न सेमेस्टरका कक्षा अघि बढ्ने र त्यसका लागि क्याम्पसले तयारी सुरु गर्ने जानकारी दिनुभयो ।

त्रिविका अनुसार व्यवस्थापनमा स्नातक तहतर्फ बीबीएमा दोस्रो, चौथो, छैटौँ र आठौँ सेमेस्टरका कक्षा सञ्चालन हुनेछन् । व्यवस्थापनमा एमबीएसतर्फ तेस्रो सेमेस्टरमा अध्ययन गर्न पनि विद्यार्थीलाई बाटो खुलेको समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार ०८:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...