बागमती प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना संक्रमण

मकवानपुर । बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा प्रमुख सचिवमा कोरोना संक्रमण देखिएको हो ।

सचिवलाई कोरोना पुष्टि भएपछि परिवारका सदस्यको पनि पीसीआर जाँचको तयारी भइरहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।

ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि सचिवको कोरोना परीक्षणको लागि स्वाबको नमुना सङ्कलन गरिएको थियो । उहाँ परिवारसहित हेटौँडामै सुरक्षित रुपमा बस्नुभएको छ ।

२०७७ साउन ३० गते १५:०३ मा प्रकाशित

You can share this post!

यी दुई जलविद्युतमा लगानी गर्नेले पेन्सन पाउने

यी दुई जलविद्युतमा लगानी गर्नेले पेन्सन पाउने

Related posts