नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४६८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । विगत २४ घण्टामा १२४ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार २०१ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको संखया १०२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ४४८ जना रहेका छन् ।

२०७७ साउन ३१ गते १६:३४ मा प्रकाशित

You can share this post!

मुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा, जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गरिने

संखुवासभामा भूकम्प

Related posts