back
NMB ad

ग्लोबल आइएमई बैंकको सीईओमा फेरी रत्नराज बज्राचार्य

Kumari bank ad

काठमाडौं । करीब पाँच वर्ष अघि ग्लोवल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका रत्नराज बज्राचार्य सोही पदमा पुन स् चार वर्षको लागि नियुक्त भएका छन् ।

शुक्रवार बैंकको संचालक समिति बैठकले बज्राचार्यलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ग्लोवल र जनता बैंक मर्जर भएपछि सीईओ सम्हाल्दै आएका पर्शुराम कुवंरले राजिनामा दिएपछि सो पद खाली थियो ।

बैंकको सीईओ पद खाली भएको र उनी पनि यतीबेला खाली भएकाले सीईओको लागि नियुक्त गरेको कम्पनीका अध्यक्ष चन्द्र ढकालले बताए । उनकाअनुसार यसअघिका मर्जरमा काम गरसिकेका राम्रोे अनुभव भएकाले बज्राचार्यलाई नियुक्त गरिएको हो ।

‘यसअघि आइएमई फाइनान्सियल इन्सिच्युसन गाभिएर ग्लोबल आइएमई बैंक बनेको थियो । ‘यसपछि सोसियल डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्स, कमर्ज एण्ड ट्रस्ट बैंक लगायत मिसिदा बज्राचार्यले व्यवस्थापनमा राम्रो भुमिका निभाएका थिए ।

यसैले अब ग्लोवलको व्यवस्थापनको पाटोमा राम्रो गर्ने अपेक्षासहित उनलाई नियुक्त ग¥यौं’, आर्थिक अभियानसँग कुरा गर्दै अध्यक्ष ढकालले भने ।

बज्राचार्यले उक्त बैंकमा पहिलो कार्यकाल द्वन्द्वकालीन समयमा समग्र बैंकिङ क्षेत्र कठिन मोडमा भएको अवस्थामा ग्लोबल आइएमई बैंकलाई सकुशल अगाडि लान व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको बैंकको बुझाइ छ ।

बज्राचार्य चार्टर्ड एकाउन्टेन पनि हुन् । यसअघि सीईओबाटै सनराइज बैंकमा चार वर्षे कार्यकाल बिताई सकेका छन् । यसैगरी उनले एनसिसी बैंकमा समेत सीईओको अनुभव बटुलिसकेका छन् ।

वि.सं.२०७७ साउन ३१ शनिवार १७:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...