back
NMB ad

अन्ततः भदौ ९ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय

Kumari bank ad

भक्तपुर । पछिल्लो समय कोरोना भाइरस संक्रमित हुने स्थानीय वासिन्दाको संख्या बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

मध्युपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो। कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नपा जिल्लामै पहिलो स्थानमा रहेको छ।

उसले भक्तपुर काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। उक्त सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न नपाइने निर्णय गरेको छ।

समितिको निर्णय सार्वजनिक गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगर क्षेत्रअन्तर्गत भक्तपुर काठमाडौं ६ लेन सडकको पूर्व हनुमन्ते खोला पुलदेखि पश्चिम मनहरा खोला पुलको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने जानकारी दिए।

उनले अत्यावश्यकबाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने र गराउने समितिले निर्णय गरेको बताए। अति आवश्यकीय खाद्यान्न, पानी, तरकारी, औषधि, ग्यासका पसल व्यवसायभ ने बिहान ११ देखि दिउँसो १ बजेसम्ममात्रै खोल्न पाइने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

वि.सं.२०७७ साउन ३१ शनिवार १९:२७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...