नेशनल लाईफ इन्स्योरेन्सले १७.५ प्रतिशत लाभांश दिने

काठमाडौं । कोरोना कहरका बीचमा नेशनल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई १७.५ प्रतिशत लाभांश दिने भएको छ ।साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयरका लागि लाग्ने कर नगद लाभांशबाट समायोजन हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २७ हजारको १५ प्रतिशतले हुन आउने ४६ करोड २३ लाख ९४ हजार नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै चुक्ता पुँजीको २.५ प्रतिशतले हुन आउने ७ करोड ७ करोड ७० लाख ६६ हजारबराबरको बोनस सेयर गरी ५३ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।

२०७७ साउन ३२ गते १५:१७ मा प्रकाशित

You can share this post!

नेकपाले बोलायो सचिवालय बैठक

नेकपाले बोलायो सचिवालय बैठक

Related posts