नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि : कुल संक्रमितको संख्या २६ हजार ६६०

काठमाडौं । नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो ३४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभयो ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २४७ परीक्षण गरिएकोमा ६४१ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३४ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १७ हजार ३३५ पुगेको छ । त्यस्तै कोरोनाका कारण आज दुई जनाको मृत्यु भएको छ।

२०७७ साउन ३२ गते १६:३१ मा प्रकाशित

You can share this post!

नेप्सेमा २९ लाख ५८ हजार कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा २९ लाख ५८ हजार कित्ता बोनस शेयर सूचीकृत

Related posts