back
NMB ad

जब ट्रम्पले भाईलाई सम्झदै ‘चाडै भेट हुनेछ’ भने…

Kumari bank ad

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उहाँले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गर्नुभएको छ ।

उहाँले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गर्नुभएको छ । उहाँले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उहाँले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गर्नुभएको छ । पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहनुभएका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको हुनुहुन्थ्यो ।

उहाँको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन । उहाँ ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय हुनुहुन्थ्यो भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र हुनुहुन्थ्यो ।

वि.सं.२०७७ साउन ३२ आइतवार १८:५९ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...