धनुषा । धनुषाका प्रमुख जिल्ला अधिकारीले जिल्लाभरी समुदायस्तरमा कोरोना संक्रमण बढिरहेको भन्दै पसलहरु विहान १० बजेसम्म मात्र खोल्न पाइने निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सिडिओ प्रेम प्रसाद भट्टराईका तर्फबाट जारी विज्ञप्तिमा आइतबार राती १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि सो निर्णय गरिएको उल्लेख छ ।
सार्वजनिक सूचना अनुसार कोरोना संक्रमणको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सोमबार विहान १० बजेसम्म मात्र पसल खोल्न पाइने छ ।
वि.सं.२०७७ साउन ३२ आइतवार १९:४० मा प्रकाशित