नेपालमा थपिए ५८१ जना नयाँ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेका छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२० हजार जनामा गरेको पिसीआर परीक्षणबाट ५८१ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ४९५ पुगेको छ

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १०७ पुगेको छ ।

आइसोलेशनमा रहेका संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन् ।

२०७७ भदौ १ गते १६:५० मा प्रकाशित

You can share this post!

ग्लोबल आईएमई बैंकका सीईओ बज्राचार्यद्वारा पदभार ग्रहण

ग्लोबल आईएमई बैंकका सीईओ बज्राचार्यद्वारा पदभार ग्रहण

Related posts