back
NMB ad

आठ लाख उपभोक्ताको विद्युत् महसुल छुट

Kumari bank ad

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि सरकारले सन् २०२३ सम्म यो काम गर्ने लक्ष्य लिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको सोमबार आयोजित ३५औँ वार्षिकोत्सव समारोहलाई वेबिनारमार्फत सम्बोधन गर्दै उनले मुलुक विद्युत्मा आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले अब विद्युत् खपत बढाउने ध्यान केन्द्रित गरिरहेको पनि बताए ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले अबका दिनमा जलायशययुक्त जलविद्युत्मा लगानी आकर्षित गर्न प्राधिकरण लागि परेको र केही त्यस्ता केही ठूला आयोजना अगाडि बढाउने प्रक्रिया थालनी गरिसकिएको पनि जानकारी दिए ।

उनले १० वर्षअघि भन्दा अहिलेको प्राधिकरणको अवस्थामा निकै ठूलो सकारात्मक परिवर्तन आएको चर्चा गर्दै एक्लो प्रतिस्पर्धामा हिँडिरहेको प्राधिकरणका अगाडि थुप्रै चुनौती रहेको पनि बताए ।

उनले प्राधिकरण वित्तीय रूपमा नाफा उन्मुख हुन थालेपछि उपभोक्ताको हितमा काम गर्न मासिक १० युनिटभन्दा कम खपत गर्ने करिब आठ लाख उपभोक्ताको महसुल छुट गरिएको र अन्य उपभोक्ताका लागि पनि महसुल कम गरिएको बताए । मन्त्री पुनले आगामी पाँच वर्षे संस्थागत विकास योजना २०७७ जारी भई सोही अनुरूप काम अगाडि बढाइएको पनि बताए ।

उनले प्राधिकरणका कर्मचारीलाई प्रोत्साहन गर्न कर्मचारी कल्याणकारी कोषमा गत वर्ष करिब सात करोड रुपियाँ प्रदान गरिएको पनि जानकारी दिए । उनले हाल प्राधिकरणभित्र संस्थागत सुशासन कायम भएको र सबैले व्यावसायिक ढङ्गबाट काम गर्ने वातावरण भएको बताए ।

उनले अबका दिनमा सात प्रदेशमा नै प्रादेशिक कार्यालय स्थापना गरेर काम सुरु गरिने आगामी योजनाका बारेमा पनि बताए । गोरखापत्र दैनिकमा राधा चालिसेले खबर लेखेका छन् ।

वि.सं.२०७७ भदौ २ मंगलवार ०७:५१ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...