नेको इन्स्योरेन्सका नाफा ३०.५१ प्रतिशतले बढ्यो, कति कमायो ? यस्तो छ वित्तिय अवस्था

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफा बढाएको छ । कम्पनीले यसअवधिमा नाफा ३०.५१ प्रतिशतले बढाएर ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले अघिल्लो वर्ष ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार पनि ३६.९२५ ले बढेर ८३ करोड १६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषमा ६० करोड ७४ लाख २८ हजार रुपैयाँ थियो ।

यता, खुद बिमा शुल्क पनि १०.९१५ ले बढेर १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा १ अर्ब १४ करोड ५१ लख ९२ हजार रुपैयाँ थियो ।

यसअवधिमा प्रतिसेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा छ । असार मसान्तसम्ममा यसको १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोषमा ५२ करोड ४४ लाख २ हजार रुपैयाँ छ ।

२०७७ भदौ ३ गते ०८:३१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण

Related posts