नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले गर्यो यस्ता निर्णय

काठमाडौं । कोरोनाको महामारीका कारण प्रबिधिको प्रयोग गरी नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । करिब ६ घन्टा चलेको भेलाले विभिन्न निम्न निर्णयहरू गरेको छ ।

राष्ट्रिय भेलाले पत्रकार महासघको सबै शाखा र केन्द्रीय समितिको ६ महिना कार्यकाल थप गरेको छ ।  यस्तै २०७७ भदौ मसान्तसम्म जिल्लाले नयाँ सदस्यता स्वीकृत गर्ने र सदस्यता नबिकरण गरि प्रदेशमा पठाउने निर्णय गरेको छ ।

०७७ सालको सदस्यता शुल्क सदस्यहरूबाट नलिने र नबिकरण भईसकेको सदस्यहरूको हकमा नया निर्णय गर्ने निर्णय समेत गरेको छ । भेलाले ०७७ असोज मसान्त सम्म प्रदेशले अनुमोदन गरि केन्द्रमा अबिलेखको लागि पठाउने समेत निर्णय गरेको छ ।

आउँदो मंसिर मसान्तसम्म शाखा अधिवेशन, पुसमसान्तसम्म प्रदेश अधिवेशन र माघ ४ र ५ गते केन्द्रिय अधिवेशन गर्ने भएको छ । फागुन ३ गते केन्द्र, प्रदेश र शाखा को निर्वाचन हुनेभएको महासंघले जनाएको छ ।

२०७७ भदौ ३ गते १७:२६ मा प्रकाशित

You can share this post!

लमजुङको बेसीशहरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

लमजुङको बेसीशहरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

Related posts