काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । रिलायन्सले जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गर्न लागिएको मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोष र अर्को ५ प्रतिशत रिलायन्सका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले भदौ ८ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्नेछन्।
न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्ने निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।
नेपाल आईक्राले आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:०७ मा प्रकाशित