फेरि भयो यस्तो निर्णय, बिहान ९ बजेसम्म पसल संचालन गर्न दिने !

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १३ सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड–१९ को संक्रमण बढेको भन्दै रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरेकी हुन् । यसअघि चैतदेखि जेठसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । असारदेखि हालसम्म बजार र आन्तरिक सार्वजनिक सवारी सञ्चालन थिए ।

शर्माद्वारा जारी सूचनामा निषेधाज्ञाको अवधिमा अत्वाश्यक सेवा बाहेक अरु सेवा प्रभावित हुने जनाइएको छ । खाद्य, दूध, तरकारी र फलफूलका पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन दिने र अत्यावश्यक सेवाका सवारी सञ्चालन बाहेकका अन्य कार्य उक्त अवधिमा हुन पाउने छैनन् ।

सूचनामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रा समेतलाई निषेध गरिएको जनाइएको छ ।

२०७७ भदौ ४ गते १७:५० मा प्रकाशित

You can share this post!

कडा निर्देशनसहित गृह मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !

कडा निर्देशनसहित गृह मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !

Related posts