back
NMB ad

अन्ततः फेरि दुई सातासम्म कर्फ्यु नै लगाउने निर्णय !

Kumari bank ad

सिन्धुली । सिन्धुलीमा कोभिड–१९ को संक्रमण बढेसँगै नौ वटै स्थानीय तहले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेर निषेधाज्ञा जारी गरेका छन् ।

कमलामाई नगरपालिका, घ्याङलेख, मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकाले दुई सातासम्म निषेधाज्ञा गरेका छन् भने दुधौली, नगरपालिका, गोलन्जोर, तीनपाटन र फिक्कल गाउँपालिकाले एक सातासम्म लकडाउन गरेका छन् ।

दुई साता निषेधाज्ञा गर्ने स्थानीय तहहरुले सातदिन गुजारी सकेर पुनस् जारी गरेका हुन् । संक्रमितको कन्ट्याक ट्रेसिङको अवस्था भयावह बन्दै गएकाले सबै स्थानीय तहले समन्वय गरी लकडाउन गरेको प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । अत्यावश्यक सरसामान आयात, निर्यात र राष्ट्रिय राजमार्ग भने संचालनमा रहेको उनको भनाइ छ ।

सिन्धुलीमा कोरोना भाइरस संक्रमित १६ जनाको कमलामाइ नगरपालिका ६ को राम्माडीमा रहेको एपोलो हस्पिटलको आइसोलेसनमा उपचार भइरहेको छ भने एकजना सिन्धुली अस्पतालमा छन् । १२ जना संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्तिपुर अनलाइनबाट

वि.सं.२०७७ भदौ ४ बिहीवार १८:३६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...