back
NMB ad

नेपालका लागि अमेरिकाबाट आएको एक सुखद खबर !

Kumari bank ad

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालका लागि एक खुःशीको खबर आएको छ । अमेरिकामा केही प्रतिनिधि संस्थामा बोलिने गैरअंग्रेजी भाषामा नेपाली भाषा मुख्य पाँचौं स्थानमा परेको छ ।

अनुवाद तथा दोभाषे सेवा दिँदै आएको ल्याङ्ग्वेजलाइन नामक संस्थाले उक्त तथ्यांक सार्वजनिक गरेको हो । मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको उक्त संस्थाको अध्ययन भन्छ, ‘अंग्रेजी र स्प्यानिश यहाँको मुख्य दुई भाषा हुन् । यसबाहेक यहाँ समुद्रको एकाछेउदेखि अर्को छेउसम्म ३५० भन्दा बढी भाषा बोलिन्छन् ।’

संस्थाका केही प्रतिनिधि शहरमध्ये कोलोराडोको डेनभरमा अंग्रेजी र स्प्यानिशपछि नेपाली भाषा पाँचौं र विस्कान्सनको म्याडिसनमा चौथो भाषाका रूपमा सूचीकृति छ ।

संस्थाले अगाडि भनेको छ, ‘अमेरिका बहुभाषाका लागि पृथक विशेषताको भूमि हो । यहाँ पाँचमध्ये एक व्यक्ति वा ६ करोड ७० लाख मानिस घरमा गैरअंग्रेजी भाषा बोल्छन् ।’

संस्थाले गएका १२ महिनामा भएका ४ करोड संवादलाई आधार मान्दै उक्त तथ्यांक निकालेको हो घरमा बोलिने भाषाको तथ्यांकमा दक्षिण एसियाली मुलुकको बंगाली भाषा समावेश छ । दोभाषे सेवा लिने संख्याका आधारमा यो तथ्यांक आएको हो ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:३८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...