back
NMB ad

के अमेरिकाको ल्याबमै बनेको थियो त कोरोना भाइरस ? कति साँचो, कति झुट ? (तथ्यसहित)

Kumari bank ad

काठमाडौं । जुन समयमा चीनको वुहानस्थित ल्याबमा कोरोना भाइरसको जाँच भईरहेको थियो, लगभग त्यहि बेला अमेरिकाको एक ल्याबमा पनि मुसामाथि कोरोना भाइरसको टेस्टिङ चलिरहेको खुलासा भएको छ ।

यो कुरा आज भन्दा लगभग ५ वर्ष पहिलाको हो । अब यो बारेमा अहिले चर्चा भईरहेको छ कि,के अमेरिकाले ल्याबमा कोरोना भाइरस विकसित गरेको थियो ?वा फेरि यो एक संयोग मात्रै हो ? आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

यो कुरा हो फेब्रुअरी सन् २०१६ को । जब अमेरिकाको नर्थ क्यारोलिनास्थित यूएनसी च्यापल हिल्स हाई सिक्योरेटी ल्याबमा एक घटना भएको थियो ।

जसबाट सारा अमेरिका र चीन डराएको थियो । किनभने सम्भवतः अमेरिकी ल्याब र चीनको वुहानस्थित पार्टनरशीपमा यो प्रोजेक्टमाथि एक साथ काम गरिरहेका थिए ।

अमेरिकाको यूनिभर्सिटी अफ नर्थ क्यारोलिनाका च्यापल हिल्स हाई सिक्योरेटी बायो ल्याब ३ मा ल्याबमा एक मुसालाई सार्स कोरोना भाइरसबाट संक्रमित बनाइएको थियो । तर ल्याबमा एक अपत्यारिलो घटना भयो, जसको बारेमा आजसम्म अमेरिकाले कुनै पनि खुलासा गरेको छैन । प्रोपििब्लका वेबसाइटका अनुसार ल्याबमा एक महिला ल्याब टेक्निशियन कोरोना भाइरस संक्रमित मुसालाई एक सेफ्टी जारमा राखेर केहि काम गरिरहेकी थिइन् । त्यहि बेला ल्याब टेक्निशियनको औँलोमा मुसाले टोकेको थियो ।

महिला ल्याब टेक्निशियनलाई क्वारेन्टाइनमा राख्नुको साटो ल्याबका अधिकारीहरले उनलाई १० दिनसम्म सामान्य जीवनमा हिँड्न सल्लाह दिएका थिए ।

उनलाई पब्लिकमा बस्न आग्रह गरेका थिए । तर उनलाई मास्क लगाएर राखिएको थियो । हरेक दिन उनको तापक्रमको रेकर्ड गरिएको थियो ।

१० दिनको जाँचपछि उनी बिरामी भईनन् । त्यसैले यो कसमा ध्यान दिइएको थिएन । च्यापल हिल्स हाई सिक्योरेटी ल्याब धेरै सुरक्षित प्रयोगशाला हो । मुसाको यो मामिला पनि चर्चापाउन लाग्दा लाग्दै टरेको थियो ।

वेबसाइटका अनुसार ल्याबको रेकर्डस्मा यो घटना दर्ता छ, तर त्यसलाई आजसम्म सार्वजनिक गरिएको छैन । कसैलाई पनि यो कुराको बारेमा बताउन दिइएको छैन ।

अमेरिका एक्लै यो कोरोना भाइरस ल्याबमा बनाईरहेको थियो वा चीनसँग मिलेर यसको बारेमा केहि स्पष्ट छैन । तर महिला टेक्निशियनलाई सार्वजनिक जीवन जिउनको लागि भन्नु कतिको ज्यान खतरामा पार्नु नै थियो ।

च्यापल हिल्स हाई सिक्योरेटी ल्याबका प्रवन्धनले यस घटनाको बारेमा कुनै पनि प्रकारको जानकारी दिनबाट रोकेका थिए । तर उसले नेशनल यन्स्टीट्यूट अफ हेल्थ गाइडलाइन्सका अनुसार मानिसलाई यो जानकारी दिन आवश्यक थियो ।रटगर्स यूनिभर्सिटीका मोलिक्यूलर बायोलोजिस्ट रिचर्ड ईब्राइटले अमेरिकी कांग्रेसको साम्ने च्यापल हिल्सको सुरक्षालाई लिएर प्रश्न गरेका थिए ।

साथै उनले भनेका थिए कि, उक्त ल्याबमा कोरोना भाइरसको विषयलाई लिएर यस्ता केहि घटना भएको बारेमा बताएका थिए । उनले भविष्यका लागि यो अतरनाक साबित हुनसक्ने बताएका थिए ।

सन् २००७ मा यूएस गभर्मेण्ट एकाउण्टीबिलिटी अफिसले बायोसेफ्टी लेभल ३ र ४ वाला सबै प्रयोगशालाहरुमा रहेको भाइरस र ब्याक्टेरियालाईइ लिएर चेतावनी जारी गरेको थियो ।त्यसमा भनिएको थियो, ‘नचाहाँदा नचाहाँदै पनि अन्जानमा ल्याबको माध्यमबाट संक्रमण फैलियो भने मानिसका लागि मुस्किल हुनसक्छ ।’

एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ ५ शुक्रवार २१:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...