महात्मा गान्धीको चस्मा साढे दुई करोडमा लिलाम

एजेन्सी । महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी नागरिकले साढे दुई करोड भारु हालेका हुन् ।

इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा गरेको तर ठूलो रकममा बिक्री भएको बताए । सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । सन् १९१० देखि १९३० को अवधिको समय थियो त्यो ।

२०७७ भदौ ६ गते ०६:२२ मा प्रकाशित

You can share this post!

शैक्षिकसत्र अगाडि बढाउने तयारीमा सरकार, कहिले खुल्छ विद्यालय ?

सरकारलाई १० हजार भेन्टिलेटर र आईसीयू व्यवस्था गर्न संसदीय समितिको निर्देशन

Related posts