back
NMB ad

कोरोनाबाट बचाउने औषधि ‘रेम्डेसिभिर’ नेपाल आउन थाल्यो : कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसबाट जीवन बचाउने औषधि रेम्डेसिभिर नेपाल आउन थालेको छ । ३ भारतीय कम्पनीले यो औषधि नेपाल आपूर्ति गर्न सुरु गरेका हुन् ।

रेम्डेसिभिर एक प्रकारको एन्टिभाइरस औषधि हो जसलाई कोरोनाभाइरस संक्रमितहरुको हकमा जीवनरक्षक मानिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलसँग कुरा गर्दै भारतीय कम्पनीबाट औषधि आपूर्ति सुरु भएको पुष्टि गरेका हुन् ।

ढकालका अनुसार माइलेन, सिप्ला र हेटेरो ड्रग्स गरी तीन कम्पनहिरुले रेम्डेसिभिर औषधि आपूर्ति सुरु गरेका हुन् । ढकालका अनुसार औषधि व्यवस्था विभागले पनि नेपालमा यी तीन कम्पनीको एन्टिभाइरल औषधिको मात्रै प्रयोगको अनुमति दिनेछ ।

मागअनुसार माइलेनले ५७० सीसी औषधी आपूर्ति गरेको ढकालले बताए । भारतीय कम्पनीसँग सम्पर्क गर्न सजिलो भएको र उनीहरुको औषधि पनि सस्तो भएकोले ती कम्पनीको औषधि प्रयोग गर्न अनुमति दिइएको ढकालले बताए ।

नेपालमा रेम्डेसिभिरको एक सीसीको मूल्य ७ हजार ८ सय रुपैयाँ पर्छ । कोरोनाभाइरसको उपचारमा रेम्डेसिभिर निकै उपयोगी देखिएको छ । आइसीयूमा रहेका बिरामीहरुका लागि पनि यो औषधि प्रभावकारी देखिएको छ ।

अहिलेसम्म नेपालमा यो औषधि नेपालमा उपलब्ध थिएन । नेपाल मेडिकल काउन्सिलले पनि रेम्डेसिभिरलाई कोरोनाभाइरसको उपचारको लागि प्राथमिक औषधिको रुपमा सूतिकृत गरेको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार १२:२३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...